• Monday 5th of October 2026

कमल–मेलिनालाई पुत्रलाभ


  • धनकुटा खबर
  • .

काठमाडौं, १० चैत्र । चर्चित गायक कमल खत्री र गायिका मेलिना मैनालीलाई सन्तानलाभ भएको छ ।

यो जोडीले पहिलो सन्तानको रूपमा पुत्रलाभ गरेका छन् । गायक कमलले सामाजिक सञ्जालमार्फत आफूहरु आमा–बुवा बनेको भन्दै खुशी साटेका छन् । उनले फेशबुकमा लेखेका छन्–

आज जीवनको सबैभन्दा अविस्मरणीय दिन मध्य एक बनेको छ। पहिलो पटक बाबु(आमा बन्न पाउँदा जुन खुशी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गार्हो छ। मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ ।

यस विशेष अवसरमा, सम्पूर्ण अस्पतालको डाक्टर, नर्स र सम्पूर्ण स्वास्थ्यकर्मीलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु जसले यो यात्रालाई सुरक्षित र सहज बनाउनु भयो। साथै, मेरो परिवार, आफन्तजन, र साथीभाइलाई पनि मनदेखि नै आभार व्यक्त गर्न चाहन्छु जसले माया, आशीर्वाद, र हौसला दिनु भयो। तपाईं सबैको मायाले मेरो परिवार अझ पूर्ण भएको महसुस भएको छ। भगवान्‌को कृपाले मेरो सानो बाबु स्वस्थ, सुखी, र सफल होस् भन्ने कामना गर्छु ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖