• Monday 5th of October 2026

सुशान्त मृत्यु प्रकरणमा रिया चक्रवर्तीलाई सीबीआईले दियो क्लिन चिट


  • धनकुटा खबर
  • .

मुम्बई । जुन १४, २०२० मा, अभिनेता सुशान्त सिंह राजपूतको शव उनको बांद्रास्थित घरमा फेला परेको थियो। यस घटनामा प्रहरीले उनकी कथित प्रेमिका रिया चक्रवर्तीलाई हिरासतमा लिएको थियो।

उनीमाथि सुशान्त सिंह राजपूतलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो। सुशान्तको मृत्युको ४ वर्ष ६ महिनापछि अब सीबीआईले यस मुद्दाको समापन प्रतिवेदन दिएको छ। सीबीआईले आफ्नो अनुसन्धानमा सुशान्तलाई आत्महत्या गर्न उक्साएको भन्ने कुनै प्रमाण फेला नपरेको पाएको हो।

रिया चक्रवर्तीका भाइ शोविकले न्याय पाएकोमा खुशी व्यक्त गरेका छन्। शोभिकले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट आफ्नी बहिनी रियासँगको भिडियो सेयर गरेका छन्। उनले लेखेका छन् – सत्यमेव जयते।

सुशान्त सिंह राजपूतको मृत्यु भएको लगभग डेढ महिनापछि, जुलाई २५, २०२० मा, उनका बुबा के.के. सिंहले पटनामा उजुरी दर्ता गरेका थिए। उजुरीमा उनले रिया चक्रवर्तीमाथि सुशान्तलाई आत्महत्या गर्न उक्साएको आरोप लगाएका थिए।

उजुरी अनुसार, सुशान्तले आफ्नो मृत्यु हुनुभन्दा केही समय अघि आफ्नी बहिनीलाई फोनमा बताएका थिए कि रियाले उनको मेडिकल रिपोर्ट सार्वजनिक गरेर पागल साबित गर्ने धम्की दिएकी थिइन्। सुशान्तले आफ्नी बहिनीलाई रियाले आफ्नी पूर्वप्रबन्धक दिशा सालियनको मृत्युको मामिलामा आफूलाई फसाउने डर भएको बताएका थिए। उजुरीमा सुशान्तको मृत्यु हुनुभन्दा एक दिन अघि रिया उनको मेडिकल रिपोर्ट लिएर गएको पनि दाबी गरिएको थियो ।

यस मुद्दाको अनुसन्धानको क्रममा मनी लान्ड्रिंग र लागूपदार्थको प्रयोगको बारेमा पनि जानकारी फेला परेको थियो। रिया चक्रवर्ती र उनका भाइ शोविकलाई अगस्ट ७, २०२० मा प्रवर्तन निर्देशनालयले मनी लान्ड्रिङ मुद्दामा सोधपुछ गरेको थियो। अर्कोतर्फ, रिया र उनको भाइलाई लागूऔषध नियन्त्रण ब्यूरोले सेप्टेम्बर ८ मा लागूऔषध मुद्दामा पक्राउ गरेको थियो।

पक्राउको आधार रिया र शोभिक बिचको कुराकानी थियो, जसमा उनीहरूले लागूपदार्थ किन्ने र आपूर्ति गर्ने कुरा उल्लेख गरेका थिए। लगभग २७ दिन प्रहरी हिरासतमा रहेपछि, रिया चक्रवर्तीले अक्टोबर ७ मा बम्बई उच्च अदालतबाट जमानत पाएकी थिइन्। जबकि शौविक लागूऔषध मुद्दामा ३ महिना जेलमा बस्नु परेको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖