• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सुनकोशीमा खस्यो टिप्पर


  • धनकुटा खबर
  • .

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–९ स्थित भण्डारीवेशीमा टिप्पर दुर्घटना भएको छ ।

गएराति सिन्धुलीको आँपघारीबाट रामेछाप तर्फ जाँदै गरेको बा.५ ख १३५ नम्बरको टिप्पर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले बताए ।

गिट्टी लोड गरिएको टिप्पर उकालोमा ब्रेक फेल भएर सुनकोशी नदीमा खसेको छ । दुर्घटनामा परेर चालक काभ्रेको भुम्लु गाउँपालिका–१० घर भएका इन्द्र माझी घाइते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖