काठमाडौ । महोत्तरीमा हिजो मृत भेटिएका शिवशङ्कर महतोको हत्या आरोपमा उनकै श्रीमती पक्राउ परेकी छिन् ।
प्रहरीले महतोकी श्रीमती सिर्जना महतोलाई पक्राउ गरेको हो । गत शुक्रवार ससुराली हिँडेका महतोको गौशाला नगरपालिका-८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जङ्गलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको थियो ।
उनको खुकुरी प्रहार गरी हत्या गरिएको र अनुहार नचिनियोस् भनेर जलाइएको अवस्थामा फेला परेको थियो ।
श्रीमतीको विवाहेत्तर सम्बन्धका कारण महतोको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भइरहेको छ ।
