• Monday 5th of October 2026

सडक दुर्घटनामा परिन् अभिनेता सोनू सूदकी श्रीमती सोनाली


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता सोनू सूदकी श्रीमती सोनाली सूदको सडक दुर्घटना भएको छ।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार नागपुर हाईवेमा उनको सडक दुर्घटना भएको हो। उक्त दुर्घटनामा उनी बहिनी र भतिजसँग थिइन्।
उक्त दुर्घटनाको तस्बिर सार्वजनिक भएको छ। जसमा कार कुचिएको देख्न सकिन्छ।

‘हिन्दुस्तान टाइम्स’ को रिपोर्ट अनुसार सोनाली आफ्नी बहिनी र भतिजसँग कारमा यात्रा गरिरहेकी थिइन्। यो घटना सोमबार राति भएको हो। यतिबेला उनीहरूको नागपुर नजिकैको अस्पतालमा उपचार भइरहेको छ।

ईटाइम्ससँग कुराकानी गर्दै सोनू सूदले उनीहरूको स्वास्थ्य अवस्था ठिक रहेको बताएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖