• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते


  • धनकुटा खबर
  • .

काठमाण्डौँ । अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का किशोर घाइते भएका छन् ।

मंगलसेन नगरपालिका –५ स्थित मध्यपहाडी लोकमार्गमा मंगलबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मंगलसेन –१ कुन्ती निवासी २० वर्षीय जीवन थापाको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका १७ वर्षीय चेतन थापा घाइते भएका प्रहरीले जनाएको छ । ठूलासेनबाट मंगलसेन तर्फ जाँदै गरेको से ७ प १४६९ नम्बरको मोटरसाइकल जीवन थापाले चलाएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारको लागि जिल्ला अस्पताल मंगलसेन पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए । घाइते चेतन थापालाई थप उपचारका लागि न्याय हेल्थ अस्पताल बयालपाटा रेफर गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖