• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रिय परिचयपत्र बनाउन गएका वलीको सीडीओ कार्यालय परिसरमै लडेर मृत्यु


  • धनकुटा खबर
  • .

‎‎सल्यान । ‎सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक वृद्धको सीडीओ कार्यालय परिसरमै लडेर मृत्यु भएको छ। ‎मृत्यु‌ हुनेमा बागचौर नगरपालिका–७ टाट्केका ७० वर्षीय टिकाराम वली रहेका छन्।

‎‎जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहीबार बिहान ११ बजेतिर उनी राष्ट्रिय परिचयपत्र बनाउन भन्दै जिल्ला प्रशासनमा पुगेका थिए।

‎‎कार्यालय बाहिर गेट नजिकै उनी लडेर गम्भीर घाइते भएको प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । ‎‎उनको टाउकोमा चोट लागेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो ।

‎‎उपचारकै क्रममा दिउँसो सल्यान अस्पतालले वलीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖