• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

शान्तिनगरमा ढलेका व्यक्ति प्रदर्शनकारी नभएको प्रहरीको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहले प्रदर्शन गरिरहेको ठाउँमा ढलेका एक युवक प्रदर्शनकारी नभएको खुलेको छ ।

प्रदर्शन भइरहेको ठाउँमा एक पुरुष बेहोस भएर ढलेका थिए । शान्तिनगरमा ढलेका व्यक्ति प्रदर्शनकारी नभएको प्रहरीले जनाएको हो ।

प्रहरी स्रोतका अनुसार उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ । प्रदर्शकारी नियन्त्रणका क्रममा ती व्यक्तिमाथि केही नगरिएको प्रहरीको भनाइ छ ।

उनी आफैं ढलेको ड्युटीमा रहेका प्रहरीले जनाएका छन् । केही बेरअघि उक्त क्षेत्रमा राजावादी समूह र प्रहरीबीच हानाहान भएकाे थियाे । साेही क्रममा प्रहरीले अश्रु ग्यास प्रहार गरेकाे थियाे भने प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेकाे थियाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖