• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

नागार्जुनमा यसरी पल्टियो टाटा योद्दा गाडी, एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । दुई जना घाइते भएका छन् ।

शनिबार राति ८ बजे नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिक धादिश्रबाट काठमाडौं आउँदै गरेको प्र ३ -०१-०२४ च ८३२२ नम्बरको टाटा योद्धा गाडी दुर्घटना भएको थियो ।

दुर्घटनामा गोरखा भीमेश्वर गाउँपालिका-४ का ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको छ । उनको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गाडी चालक भिमेश्वर -४ कै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖