• Friday 30th of October 2026

सरकारको दबाब थेग्न नसकेर त्रिविबाट उपकुलपतिको राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै गत शुक्रवार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएपछि उनी काठमाडौँबाट सीधै गृहनगर पोखरा गएका थिए ।

उनका पीएसओले बराललाई पोखरा पुर्याएर काठमाडौँ फर्किएका थिए । काठमाडौँ फर्किएका पीएसओले बराल बस्ने क्वाटर्रबाट आफ्ना सरसमान समेत फिर्ता गरेका थिए ।

शुक्रवार नै राजीनामा दिएपछि उनको राजीनामाबारे शनिवार मात्रै सार्वजनिक जानकारीमा आएको थियो । पोखरा जाने क्रममा उनले आफ्नो मोबाइल अफ गरेका थिए भने उनका सचिवालयमा कार्यरतहरूले पनि फोन अफ गरेर बसेका थिए ।

उनको सचिवालयमा कार्यरत कर्मचारी तथा त्रिवि कार्यकारी परिषद् कार्यालयका प्रमुखसमेत बिदामा बसेका छन् । त्यस्तै रेक्टर प्राडा खड्क केसी र रजिस्ट्रार प्राडा केदार प्रसाद रिजालसमेत शनिवार कसैको सम्पर्कमा आएका थिएनन् ।

२०८० फागुन १० गते तत्कालीन कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराललाई २० औँ उपकुलपतिमा नियुक्त गरेका थिए । आफ्नो चार वर्षे भिजनरी प्लानसहित उपकुलपति बनेका बरालले १३ महिनामै राजीनामा दिएका हुन् ।

स्वास्थ्य समस्याका कारण उनले राजीनामा बुझाएको बताए पनि यसको कारण भने अर्कै देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖