• Friday 30th of October 2026

यसरी रवीन्द्र मिश्रलाई हतकडी लगाएर म्याद थप्न लगियो


  • धनकुटा खबर
  • .

काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र धवलशम्सेर जबरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

थुनुवाको पोशाकमा रहेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईँको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारीलगायतलाई हतकडी लगाइएको छ ।

धवल शमसेर जबरालाई भने बेग्लै गाडीमा हतकडी नलगाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । उनीहरुलाई त्यहाँबाट काठमाडौं जिल्ला अदालतमा लगिएको छ ।

मिश्र र राणासहित ४१ जनामाथि १० दिन म्याद थप्न प्रहरीले मागेको छ । उनीहरुविरुद्ध राजद्रोहको मुद्दा लगाइने भएको छ ।-नेपाल प्रेस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖