• Friday 30th of October 2026

रविन्द्र र धवलशमशेरलाई अदालतले दियो यस्तो आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर जबरालाई उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ ।

मिश्र र जबराले आफूलाई सन्चो नभएको बताएपछि अदालतले प्रहरीलाई उपचारको व्यवस्था गर्न आदेश दिएको हो ।

अदालतले मिश्र र जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । अदालतले अन्य ३० जनालाई चारदिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रहरीले आइतबार अपराह्न म्याद थपका लागि ४१ जनालाई अदालतमा पेश गरेको थियो ।

चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ गरेका कानुन व्यवसायी तथा जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले रिहा गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖