• Friday 30th of October 2026

शुक्रबारको जनप्रदर्शन र त्यसमा भएका घटना बारे राप्रपा सांसद ज्ञानेन्द्र शाही यसो भन्छन्…


  • धनकुटा खबर
  • .

शुक्रबारको जनप्रदर्शन र त्यसमा भएका घटना बारे राप्रपा सांसद ज्ञानेन्द्र शाही किन नबोलेका भन्ने धेरैको जिज्ञासालाई सम्बोधन गर्दै शाही भन्छन् – “धेरैले भने ज्ञानेन्द्र शाही तिमी किन बोलेनौ म बोलुँ कसरी ?

आफू सहभागी नभएको आन्दोलनमा सँगै काम गरेको सहकर्मीको जलेर लास भएको देखेँ। सँगै खाजा खाएको साथीलाई प्रहरीले घाँटीमा गोली हानेर ह’त्या गरेको देखेँ l आन्दोलन भड्काउन मञ्चमै अश्रु ग्यास हान्ने र सर्वसाधारण नागरिकको घरमा लुकेर आन्दोलनकारीमाथि गोली बर्साएको देखेँ ।

सरकारले आन्दोलनमा व्यापक भिजलान्ते प्रयोग गरेको देखेँ। कसको षड्यन्त्र हो ? कसको इच्छा पूरा भयो ? सरकार सफल भयो तर देश असफल भयो। सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गरियोस्। चाहे जोसुकै हुन् मान्छे मार्नेलाई उन्मुक्ति दिनु हुँदैन। आफ्ना माग शान्तिपूर्ण राख्न पाइन्छ तर माग राखे भन्दैमा सरकारले ज्यादती प्रयोग गर्नु हुँदैन।

यो रोकेर रोकिने कुरा होइन यो दबाएर दबिने होइन। यो जनता र समयको माग हो दिन एक गुणा रात चौगुणाका दरले आन्दोलनको आँधीबेहरी उठ्छ। सरकार तयार भएर बसे हुन्छ कतिको हातमा हत्कडी लगाउँछौ। बरु राजनीतिबाट सन्यास लिन्छु।

तर म हिं’साको पक्षमा पटक्कै उभिने छैन। हिजो ममाथि ज्यान जाने गरि सांघातिक आ’क्रमण हुँदा पनि मैले शान्तिको बाटो नै रोजेको हुँ अझै यहि बाटो अपनाउँछु। चाहे मेरो ज्यान नै किन नजाओस्।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖