काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किएका छन् ।
सहकारी ठगीमा पक्राउ परेसँगै पार्टी गतिविधिबाट टाढा रहेका उनी सोमबारदेखि भने पार्टी राजनीतिमा फर्किएका हुन् ।
उनी पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए भने त्यसअघि समर्थक र शुभेच्छुकलाई सम्बोधन गरेका थिए ।