• Friday 30th of October 2026

ज्ञानेन्द्र शाहलाई मुर्तिचोर करार गर्दै झलनाथले भने, ‘नेपालमा पहिलो पटक हिरोईन भित्र्याउने पनि उनै हुन्’


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले तत्कालीन अधिराजकुमारहरु ज्ञानेन्द्र शाह र धिरेन्द्रले नेपालको मुर्ति चोरेर विदेशीलाई बेचेको दाबी गरेका छन् ।

आज (सोमबार) नेपाल खेलकुद महासंघ समाजवादीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको मुर्ति चोर्ने र पहिलो पटक लागूऔषध हिरोईन भित्र्याउने व्यक्ति नै ज्ञानेन्द्र रहेको बताएका हुन् ।

‘त्यतिबेलाका अधिराजकुमारहरु ज्ञानेन्द्र, धिरेन्द्र उनीहरु नेपालको मूर्ति चोर्ने बाहिर लाने, उनीहरुसँग डिप्लोमेट्रिक ब्याग हुन्थ्यो । डिप्लोमेट्रिक ब्यागमा खान्तलासी हुँदैन । त्यो खानतलासी नहुने डिप्लोमेट्रिक ब्यागमा देशका अमूल्य चिजहरु बाहिर लाने र बाहिरबाट हिरोईन ल्याउने ।

सबैभन्दा पहिलो पटक नेपालमा हिरोईन भित्र्याउने मान्छे भनेको ज्ञानेन्द्र हुन्,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖