• Friday 30th of October 2026

माधव नेपालको पार्टी कार्यालयमा पुगे प्रधानमन्त्री ओली, भीम रावलपनि सँगै देखिए


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को मुख्यालय पुगेका छन् ।

पूराना वामपन्थी नेता, लेखक तथा पत्रकार कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नकोलागि प्रधानमन्त्री ओली आलोकनगर पुगेका हुन् ।

सो क्रममा प्रधानमन्त्री ओलीलाई माधव नेपालको च्याम्बरमा स्वागत गरिएको थियो । नेताहरु झलनाथ खनाल, डा. भीम रावललगायतपनि सँगै थिए । एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रवक्ताका प्रकाश ज्वालाले प्रधानमन्त्री ओलीको उक्त तस्विर सार्वजनिक गर्दै ‘आईसब्रेक’ भनेका छन् । प्रधानमन्त्री ओलीले माधव नेपालको पार्टीलाई सार्वजनिक रुपमा पार्टीको रुपमा स्विकारेका थिएनन् ।

तर, आज उनी आँफै एकीकृत समाजवादीको मुख्यालयमा पुगेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖