काठमाडौं । संयुक्त जनआन्दोलन समितिले काठमाडौ महानगरका मेयर बालेन्द्र शाह बालेनलाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेर लेखेको जरिवाना पत्र फिर्ता लिन चेतावनी दिएको छ ।
समितिले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । यदि जरिवाना पत्र फिर्ता नलिए कानूनी उपचारमा जाने पनि समितिले उल्लेख गरेको छ ।
संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले शुक्रबारको आन्दोलन समितिले गरेको र उक्त कार्यक्रमको जिम्मेवारी आयोजक संस्थाहरुले नै लिने भन्दै बालेनलाई यस्तो चेतावनी दिएका हुन् ।
