• Friday 30th of October 2026

राप्रपा नेता मिश्र र राणा थप ६ दिन हिरासतमा नै रहने


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ चैत ।  काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरालाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

मिश्र र राणा सहित ४१ जनालाई आपराधिक उपद्रव र संगठित अपराधको मुद्धामा थप ६ दिन थुनामा राख्न अनुमति दिएको छ।
 
न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई बुधबार थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन ।
 
गत चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको आन्दोलन भड्काएको, तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उक्त घटनाका मुख्य योजनाकार दुर्गा प्रसाई भने फरार छन् । 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖