• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या


  • धनकुटा खबर
  • .

गाजा, ३१ चैत । युद्द बिराम भंग भए पछि गाजामा कम्तिमा ५०० बालबालिकाको हत्या भएको छ ।

गत महिना हमाससँगको युद्धविराम तोडेको बेलादेखि गाजामा लगातार इजरायली हवाई आक्रमण र बमबारीमा परी कम्तिमा ५०० प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको हो । गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले सो जानकारी दिएका हुन । 

संयुक्त राष्ट्रका एक अधिकारीले युद्धग्रस्त क्षेत्रलाई ‘पोस्ट–अपोकेलिप्टिक मर्डर’ क्षेत्रको रूपमा वर्णन गरेका छन् ।

 

यसैबीच, इजरायली हवाई हमलामा शनिबार पनि गाजामा एक बालकसहित कम्तीमा ५ जनाको ज्यान गएपछि पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । 

 

इजरायलले मार्च १८ मा गाजामा पुनः बमबारी सुरु गरेपछि १ हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

 

शनिबारको पछिल्लो इजरायली आक्रमणमा गाजाको तुफाहका छिमेकमा दुई व्यक्तिको मृत्यु भएको र दुई बालबालिका घाइते भएको रिपोर्ट गरिएको छ भने गाजाको उत्तरी भागमा रहेको बेत लाहियाको अल अतात्रा जिल्लामा दुई जना मारिएका छन्। खान युनिसको दक्षिणमा रहेको किजान एन नज्जर क्षेत्रमा इजरायली ड्रोन आक्रमणमा अर्का प्यालेस्टिनीको मृत्यु भएको छ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖