• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

शेख हसिनाकी भतिजी बेलायती सांसद ट्युलिप सिद्दिकविरुद्ध पक्राउ पुर्जी जारी


  • धनकुटा खबर
  • .

बंगलादेशी अधिकारीहरूले बेलायती सांसद तथा पूर्वमन्त्री ट्युलिप सिद्दिकविरुद्ध पक्राउ पुर्जी जारी गरेका छन्।

सिद्दिक हाल भारतमा रहेकी बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाकी भतिजी हुन्।

देशको भ्रष्टाचारविरोधी आयोग (एसीसी) ले सिद्दिकविरुद्ध उनकी काकी शेख हसिनाको शासनकाल अनुसन्धानको एक भागका रूपमा गैरकानुनी रूपमा जग्गा हडपेको आरोपमा अनुसन्धान गरिरहेको छ।

सिद्दिकले पहिले एसीसीको आरोप ‘पूर्णतया झुटा’ भएको बताइएकी थिइन्।

उनले आयोगले आफूलाई निशाना बनाएको र आधारहीन अभियान चलाएको आरोप लगाएकी छन्।

विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि हसिना गत वर्ष अगस्ट ५ का दिन १५ वर्षदेखिको सत्ता त्याग्दै बंगलादेश छाडेर भारत भाग्न बाध्य भएकी थिइन्।

बंगलादेशले उनको सुपुर्दगीको माग गरिरहेको भए पनि भारतले सुनुवाइ गरेको छैन।

यसैबीच हसिनाले गत मंगलबार मात्र आफ्नो पार्टी अवामी लिगका कार्यकर्ता र समर्थकलाई अनलाइन सम्बोधन गरेकी थिइन्।

त्यस क्रममा उनले अझै बंगलादेशको प्रधानमन्त्री आफैँ भएको दाबी गरेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖