• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

अस्कलका स्ववियु सचिव प्रहरी जवानको नक्कली परीक्षार्थी बनेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेका गोपाल शाही काठमाडौँको अमृत साइन्स (अस्कल) क्याम्पसका स्ववियु सचिव रहेको पाइएको छ ।

नेपाल प्रहरीको जवान पदमा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा शाही आइतबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट शनिबार कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २४ वर्षिय गोपाल शाही सहित ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖