• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सुनको मूल्यमा नयाँ कीर्तिमान,दुई लाख नजिक


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । त्यसयता सुनको मूल्य सामान्य घटबढ भएकामा सोमबारसम्म आइपुग्दा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । आइतबारकै तुलनामा सोमबार सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖