• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

तीनकुने घटनामा प्रहरीलाई ठूलो सफलता : २४ दिनपछि पक्राउ परेका लुइँटेल को हुन्?


  • धनकुटा खबर
  • .

काठमाडौं । १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले २४ दिनपछि एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति झापा अर्जुनधारा नगरपालिका–५ का ४८ वर्षीय ओमप्रकाश लुइँटेल हुन्।

लुइँटेलमाथि निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोप लागेको छ। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

तीनकुनेस्थित खुल्ला चौरमा राजावादीहरूद्वारा आयोजना गरिएको प्रदर्शन हिंसात्मक बन्दै जाँदा दुई जनाको मृत्यु भएको थियो भने विभिन्न पार्टी कार्यालय, सञ्चार संस्था, सवारीसाधन र घरमा आगजनी तथा तोडफोड गरिएको थियो।

लुइँटेलको भूमिकाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖