• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

एक तोला सुनको मूल्य दुई लाख नजिक


  • धनकुटा खबर
  • .

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ। त्यसको असर स्थानीय बजारमा पनि परेको छ।

आज एक तोला पहेँलो धातुको मूल्य एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा छ हजार ९०० ले सुनको भाउ बढेको हो। चाँदीको मूल्य पनि तोलामा १० ले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖