• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

जलेको अवस्थामा फेला परेको शवको खुल्यो पहिचान


  • धनकुटा खबर
  • .

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–१० को घटियाघाटमा मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शवको पहिचान भएको छ।

शव बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको रहेको कञ्चनपुर प्रहरीले जनाएको छ। मंगलबार बिहान साढे ४ बजे कोलकाता जाने भन्दै मोटरसाइकलमा घरबाट हिँडे पनि उनको शव जलेको अवस्थामा फेला परेको ह्यो।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी स्वयंम घटनास्थल खटिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖