• Saturday 28th of November 2026

यी हुन् नक्कली डिएसपी,यसरी परे पक्राउ


  • धनकुटा खबर
  • .

पोखरा । पोखराबाट एक जना नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ परेका छन्। पोखरा महानगरपालिका-८ सृजनाचोक स्थित रहेको ढावा रेष्टुरेन्ट एण्ड बारबाट आइतवार राती करीब १० बजेको समयमा नक्कली डिएसपी पक्राउ पक्राउ परेका हुन्।

पक्राउ परेका अभियुक्त बाग्लुङ नगरपालिका वडा नं.४ कुडुलेफेदी घर भएका वर्ष ३२ को चन्द्रकान्त पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

अभियुक्त पौडेलले उक्त रेष्टुरेन्ट एण्ड बारमा अर्डर गरी आफुले मागे अनुसारको खानेकुराहरु खाए पश्चात म प्रहरीको डीसपी हुँ भन्दै धाक धम्की दिएको प्रहरीको आरोप छ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतामा रहेका पौडेलविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖