• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

ढुंगाले हानेर चारमहिने छोराको हत्या


  • धनकुटा खबर
  • .

पोखरा । तनहुँमा एक आमाले आफ्नै ४ महिने छोरालाई ढुंगाले हानेर हत्या गरेकी छिन् । नवजात शिशुको हत्या आरोपमा नवलपुर बौदिकाली गाउँपालिका–२ अर्मलेकी ३६ वर्षीया कमला परियारलाई पक्राउ गरिएको हो ।

तनहुँ घिरिङ गाउपालिका वडा नं ४ थामडाँडामा सोमबार उनले आफ्नै छोरा अर्जुन परियारलाई ढुंगाले हानी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ढुंगा प्रहारबाट गम्भीर घाइते भएका अर्जुनको पाल्पाको रामपुर अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको तनहुँ प्रहरीका सूचना अधिकारी डीएसपी अशोक थापाले जानकारी दिए ।

कमलालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । प्रहरी स्रोतका अनुसार कमलाले छोरालाई ढुंगा प्रहार गरेको स्वीकार गरेकी छन् । सोमबार बिहान घरबाट निस्किएकी कमलाले छोरालाई ढुंगा प्रहार गरी घाइते बनाएर पुनः घर फर्किएकी थिइन् ।

‘बाटोमा मादक पदार्थ सेवन गरेको पनि भन्नुभएको छ । मेन्टल्ली पनि पूर्ण फिट हुनुहुन्न जस्तो देखिनुहुन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘ढुंगाले हानेको स्वीकार गर्नुभएको छ । छोरालाई अकस्मात् ढुंगाले कसरी हाने थाहै भएन भनेर भन्नुभएको छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖