नेपालले राति ११ देखि बिहान ४ बजेसम्म ५ घण्टा ६ सय मेगावाट विद्युत् आयात गर्न पाउने अनुमति पाएको छ ।
तर, पछिल्लो समय आईपीएलका कारण इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) बजारबाट सीमित मात्रामा मात्रै विद्युत् किन्न सकिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले जानकारी दिए ।