काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले १८ ओभरमा ९ विकेट गुमाएर १०० रन बनाएको छ ।
काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए ।
उनले २९ बलमा ४ चौका प्रहार गरे । राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए ।
जनकपुरका राहुल यादवले ४ विकेट लिए ।
साइफ हसनले २ तथा मोइन अली र ललित राजवंशीले समान १ विकेट लिए । खेल जारी छ ।
