• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

शिक्षक र प्रहरी बीचको झडपको क्रममा एक पत्रकारको आँखा फुटेको आशंका


  • धनकुटा खबर
  • .

बानेश्वरमा शिक्षक र प्रहरी बीचको झडपको क्रममा एक शिक्षिकाको आँखा फुटेको आशंका गरिएको थियो।

‘मेरो आँखा’ भन्दै रुवाबासी गरिरहेकी उनलाई प्रहरीले पिठ्युमा बोकेर अस्पतालतर्फ लैजाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। तर, पछि उनि शिक्षिका नभएर, प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की रहेको खुल्न आएको छ।

कार्की रिपोर्टिङका लागि प्रदर्शन स्थलमा पुगेकी थिइन् र प्रहरी र शिक्षक बीचको झडपको क्रममा उनको आँखामा चोट लागेको हो।सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो, जहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेका थिए।

अहिले उनी तिलगंगा आँखा अस्पतालमा उपचार गराइरहेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖