• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सुई लगाउनासाथ ३५ वर्षीय युवकको मृत्यु, सुई लगाउने ल्याब असिस्टेन्ट फरार


  • धनकुटा खबर
  • .

कैलालीमा उपचारका क्रममा सुई लगाउनासाथ एक युवकको मृत्यु भएको छ। घोडाघोडी नगरपािलका–८ आमफाँटाका ३५ वर्षीय निरज बहादुर शाहीको मृत्यु भएको हो।

इन्द्र चौधरी दहितले सञ्चालन गरेको स्थानीय दहित मेडिकलमा उपचारकाे क्रममा शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेश अवस्थीले बताए।

शाही सोमबार बिहान शरीर र छाती दुखेको भन्दै घरबाट आफैँ मोटरसाइकल चलाएर मेडिकलमा गएका थिए। त्यहाँ जाँच पश्चात् ल्याब असिस्टेन्ट टीकापुर नगरपालिका–५ का महावीर चौधरीले सुई लगाइ दिएका थिए।

सुई लगाएको केहीबेरमै शाहीले मेडिकलमै प्राण त्यागेका हुन्।

याे घटना लगत्तै सुई लगाउने चौधरी फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँमा रहेका मेडिकल सञ्चालक घटनापछि घर फर्किएका छन्।

मृतक शाहीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖