• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

नेपाल प्रहरीका पुर्व हवल्दार ३६ लाख ठगी आरोपमा ठमेलको दोहोरी साँझबाट पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । यार्सागुम्बा ब्यापारमा लगानी गर्ने बहानामा ठगी गर्ने पुर्व प्रहरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोटको नलगाड–७ दल्ली घर भएका ४१ वर्षीय दिपेन्द्र सिंह छन् ।

उनी नेपाल प्रहरीका पुर्व हवल्दार हुन् । सामाजिक सञ्जालबाट चिनजान भएका एकजनासँग यार्सागुम्बा किनबेच गर्ने व्यवसायमा लगानी गर्ने नाममा उनले ३६ लाख लिएर फरार भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।

सोमबार उनी ठमेल स्थित दोहोरी साँझबाट पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख बराबरको बैंकिङ्ग कसुरको जाहेरी दर्ता भएको भेटिएको छ ।

बाँकेमा पनि प्रहरीमा भर्ना गराउँछु भनेर उनले १० लाख ठगेको जोहरी दर्ता भएको भेटिएको छ ।

सेनामा भर्ती गराउँछु भनेर ४ लाख लिएको आरोपमा एकजना पीडितले इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको अपराध रेकर्ड सिस्टममा फेला परेको एसपी जिसीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖