• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

केआईआईटीले दियो प्रिशालाई श्रद्धान्जली, मृत्युकाे कारणबारे मौन


  • धनकुटा खबर
  • .

काठमाडौं ।भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले कलेजमा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको निधनप्रति शोक व्यक्त गरेको छ ।

केआईआईटीले एक नोट सार्वजनिक गर्दै बिहीबार बेलुकी कजेलको होस्टलमा मृत भेटिएकी साहको निधनप्रति शोक व्यक्त गरेको हो ।

आज विश्वविद्यालयका वरिष्ठ पदाधिकारीहरू एकै ठाउँमा भेला भई उनको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै परिवार, साथीभाइ र सम्पूर्ण विद्यार्थी समुदायसँग ऐक्यबद्धता प्रकट गरेको जनाइएको छ ।

साहको असमायिक मृत्युले सम्पूर्ण केआईआईटी परिवार स्तब्ध र शोकाकुल भएको बताएको छ । तर, केआईआईटी प्रशासन साहको मृत्युकाे कारणबारे मौन रहेको छ । कलेजले अहिलेसम्म उनको मृत्युबारे बोलेको छैन ।

वीरगन्ज घर भएकी १८ वर्षीया प्रिशा साह हिजो साँझ कलेजको होस्टलमा झुण्डिएर आत्महत्या गरेको अवस्था मृत भेटिएकी थिइन् । अहिलेसम्म आत्महत्याको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖