• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

हात्तीवनमा कार अनियन्त्रित भएर ठोक्किँदा भाँचियो बिजुलीको पोल


  • धनकुटा खबर
  • .

ललितपुरको हात्तीवनमा कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको छ।

ललितपुर महानगरपालिका-२८ स्थित सातदोबाटो-हात्तीवन सडकको ओरालोमा अनियन्त्रित भएको गाडी सडकछेउको बिजुलीको पोलमा ठोक्किएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घटना गएराति ११:१० बजेतिरको हो।

बा १५ च ७७६५२ नम्बरको गाडी अनियन्त्रित भएपछि बिजुलीको पोलमा ठोक्किएको थियो। कार ठोक्किएर बिजुलीको पोल नै भाँचिएको छ। भाँचिएपछि सडकको बीच भागमा अडिएको छ।

ललितपुर प्रहरी परिसरका एसपी चक्रराज जोशीका अनुसार कारमा चालकसहित चार जना सवार थिए।

दुर्घटना हुँदा विशाल विक, अमरध्वज पौडेल र मुसेस लामिछाने गम्भीर घाइते भएका छन्। चालक रूपक सापकोटाको भने सामान्य घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।

एसपी जोशीका अनुसार चालक सापकोटाले मापसे गरेको भेटिएको छ।
घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

अहिले उक्त सडक बन्द गरिएको छ। पोल मर्मत र स्थानान्तरणका लागि प्राधिकरणका लागि समन्वय भइरहेको एसपी जोशीले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖