• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इटहरीमा निर्माणाधीन आफ्नो घरको छतमा पानी हाल्ने क्रममा खसेर नेपाल प्रहरीका असईको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं । घरको छतबाट खसेर नेपाल प्रहरीका एक असईको ज्यान गएको छ।

ज्यान गुमाउनेमा जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत असई प्रेम कटवाल रहेका छन्।

इटहरी उपमहानगरपालिका घर भएका ४५ वर्षीय असई कटवाल घर बिदामा आएका थिए। इटहरीमै निर्माणाधीन आफ्नो घरको छतमा पानी हाल्ने क्रममा खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणका गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖