• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

दिदीले आफ्नै दुई बहिनीहरूलाई प्रेमी र उनका साथीबाट बलात्कार गराइन्, आफूले आत्महत्या गरिन्


  • धनकुटा खबर
  • .

काठमाडौं । दिदीबहिनीलाई एकै परिवारका सदस्य भएका कारण मात्रै नजिक मानिने होइन । उनीहरूलाई त असल साथी पनि मानिन्छ । तर, एक दिदीले आफ्नो मोजमस्तीमा बाधा पुर्याएको रिसमा आफ्नै दुइ बहिनीलाई बलात्कार गराएकी छिन् । भारतको कानपुरमा भएको यो घटनाले दिदीबहिनीको प्रेमपूर्ण सम्बन्धलाई नै कलंकित गराएको छ ।

कानपुरको फजलगञ्जमा एक दिदीले आफ्ना दुई बहिनीहरूलाई आफ्नो प्रेमी र उनका साथीहरूबाट बलात्कार गराएकी छिन् । दिदीको एक युवकसँग नियमित शारिरीक सम्बन्ध थियो । यो कुरा बहिनीहरूले थाहा पाए । बहिनीहरूले यो कुरा हजुरआमालाई बताए । त्यसपछि आरोपी दिदीले पनि आत्महत्या गरेकी छिन् । करिब दुई हप्ता पछि यस विषयको सत्ता बाहिर आएको छ।

भारतीय मिडियाका अनुसार दिदीको एक केटासँग अफेयर चलिरहेको थियो। उनले त्यो केटासँग शारीरिक सम्बन्ध राखिरहेकी थिइन् । उनका दुई बहिनीहरूले यो सम्बन्धको बारेमा थाहा पाए। त्यसपछि आफ्नो गोप्य कुरा नखुलाउन भनेर दिदीले आफ्ना बहिनीहरूलाई आफ्नो प्रेमीका साथीहरूबाट बलात्कार गराइन्।

दिदीले दुई बहिनीलाई यो कुरा कसैलाई भनेमा मारिदिने वा आत्महत्या गर्ने धम्की पनि दिएकी थिइन्। तर पीडित दिदीबहिनीहरूले हजुरआमालाई सबै कुरा बताए । यही डरले गर्दा २२ अप्रिलमा आरोपी दिदीले झुण्डिएर आत्महत्या गरिन् । त्यसपछि अब सम्पूर्ण मामिलाको खुलासा भएको छ।

हाल, हजुरआमाको उजुरीका आधारमा फाजलगञ्ज प्रहरीले मृतकको (दिदी) प्रेमी र उनको साथी विरुद्ध बलात्कारको आरोपमा रिपोर्ट दर्ता गरेको छ। साथै, साना बहिनीहरूको स्वास्थ्य परीक्षण गराएपछि उनीहरूको बयान रेकर्ड भइरहेको छ। हाल प्रहरी अनुसन्धान भइरहेको छ।

परिवारमा दिदीबहिनी बाहेक बुबा र वृद्ध हजुरआमा बस्दै आएको बताइएको छ। ती बालिकाकी आमाको बिरामीका कारण मृत्यु भएको थियो । केही समयअघि दिदीको छिमेकको एक केटासँग सम्बन्ध सुरु भयो। जब यो कुरा थाहा पाएर बहिनीहरूले विरोध गरे, उनले आफ्नो प्रेमीको साथीबाट उनीहरूलाई बलात्कार गराइन् ।

बहिनीहरूले आफ्नी हजुरआमालाई दिदीको प्रेमी र उनीहरूको सम्बन्धको बारेमा बताए । त्यसपछि हजुरआमाले गाली गरेपछि दिदीले आत्महत्या गरिन्। करिब दुई हप्ता पछि आत्महत्या गरेकी दिदीले आफ्ना बहिनीहरूलाई आफ्नो प्रेमी र उसका साथीहरूबाट बलात्कार गराएको खुलासा भयो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖