• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

भाटभटेनीबाट २ लाख १७ हजार बराबरको सामान चोरेर भागेका व्यक्ति पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । भाटभटेनी सुपरमार्केटबाट दुई लाख १७ हजारमूल्य बराबरका विभिन्न सामान चोरी गर्ने एक जना पक्राउ परेका छन् ।

काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटको भुइँ तलामा रहेको ग्रोसरीबाट हिजो (सोमबार) विभिन्न सरसामान चोरी भएको थियो ।

सामान चोरेर फरार रहेका दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षीय बिमल श्रेष्ठलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी एवं प्रवक्ता अपील राज बोहराले जानकारी दिए ।

पक्राउ परेका श्रेष्ठविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।

प्रहरीका अनुसार उनले रक्सी, चुरोट, काजु, पिस्ता, स्याफ्रान, फिस वेल, आलमण्ड, ग्लेण्डफिडिच लगायतका सामान चोरी गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖