• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भारत पाकिस्तान लडाइमा ४४ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

इस्लामबाद, २५ बैशाख । भारतको सिन्दुर अप्रेसनमा परी दुवैतर्फ गरी ४४ जनाको मृत्यु भएको छ। 

 

पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा कम्तिमा ३१ जना पाकिस्तानी तथा भारतले पनि पाकिस्तानबाट भएको सीमापार आक्रमणमा एक सैनिक सहित १३ जनाको ज्यान गएको जनाएको छ । 

 

भारतले अप्रिल ७ को रातमा गरेको अचानक आक्रामण पछि दर्जनौं पाकिस्तानी घाइते भएका छन् । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले भने, ‘हामी हाम्रा निर्दोष सहिदहरूको रगतको बदला लिने छौं।’

पाकिस्तानी संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री शहबाज सरिफले भारतको आक्रमणमा पाकिस्तानको सेनाले पाँचवटा भारतीय लडाकु विमान खसालेको दावी गरेका छन् ।  पाकिस्तानले मस्जिद र सर्वसाधारणलाई आक्रमण गरेको भन्दै अन्तराष्ट्रिय जगतलाई जानकारी दिएको छ।

पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले देशको सशस्त्र बललाई भारतको आक्रमणको जवाफ दिन अधिकार दिइसकिएको छ । उसले आफ्नो रोजाइको समय, स्थान र तरिकामा जवाफ दिने अधिकार पाकिस्तान सशष्त्र बलसँग सुरक्षित रहेको समेत बताएका छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इस्लामाबादले भारतसँग चौतर्फी युद्धबाट बच्न खोजिरहेको तर त्यसका लागि तयार रहनुपर्ने बताएका छन् ।

उता, भारतले आफ्नो हमलाले ‘आतंकवादी’ तालिम स्थलहरूमा आक्रमण गरेको दाबी गरेको छ ।

साथै, बेलायत, फ्रान्स, जर्मनी, इरान, टर्किए, कतार र युएईलगायत विश्व शक्तिहरूले दुवै आणविक शक्ति सम्पन्न राष्ट्रहरूलाई संयम देखाउन र कूटनीतिमा फर्कन आग्रह गरेका छन्।

इरानले शान्ति वार्ताको लागि मध्यस्थता गर्ने प्रस्ताव राखेको छ र इरानका विदेशमन्त्री अब्बास अराघचीले गत दिन भारत र पाकिस्तान दुवैसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।

भारत र पाकिस्तान प्रशासित कश्मीरलाई विभाजन गर्ने लाइन अफ कन्ट्रोलमा तोपखानाको गोलाबारीको भारी आदानप्रदान भएको रिपोर्ट गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖