• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

ह्वात्तै घट्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बिहीबारको तुलनामा आज तोलामा एक हजार ४०० घटेको छ। चाँदीमा भने प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ८०० कायम भएको छ। त्यसैगरी, एक तोला चाँदी एक हजार ९६० मा बेचबिखन भइरहेको छ।

बिहीबार प्रतितोला सुन एक लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी एक हजार ९५५ मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖