• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी, २७ वर्षीय युवती पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भनी ठगी गर्ने एक युवती पक्राउ परेकी छिन् । आफूले क्यानडाको स्टुडेन्ट भिसा पाएकाले डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भनी उनले ठगी गरेकी हुन् ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भनी २० लाख रुपैयाँ ठगी गरी फरार भएको कसुरमा प्रहरीले दोलखाकी २७ वर्षीय सुजिता अधिकारीलाई पक्राउ गरेको हो । दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ८ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरमा बस्ने २७ वर्षीय सुजिता अधिकारीलाई प्रहरीले बिहीबार टेकुबाट पक्राउ गरेको हो ।

अधिकारीले आफूसँग क्यानडाको स्टुडेन्ट भिसा रहेको र एक व्यक्तिलाई डिपेन्डेन्टमा लैजान सक्ने भनी एक युवकसँग २० लाख रुपैयाँ लिएर फरार भएकी थिइन् ।

युवती फरार भएपछि प्रहरीको सम्पर्कमा पुगेका ती व्यक्तिको उजुरीको आधारमा प्रहरीले सुजितालाई पक्राउ गरेको हो ।
सुजितालाई आपराधिक लाभ (एक्सटर्सन) को कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖