• Monday 5th of October 2026

विवादका बिच अभिनेत्री सुरक्षा पन्तले पोस्ट गरिन् अनौठो तस्बिर


  • धनकुटा खबर
  • .

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त केही दिन अगाडि विवादमा तानिएकी थिइन् । पूर्व राजपरिवारका सदस्यको विषयमा उनले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा उनी विरुद्ध गालीको वर्षा आएको थियो । उनी अभिनीत फिल्म ‘खेल’ बहिष्कारमा समेत पर्‍यो ।

चौतर्फी आलोचना भएपछि एक कविता सार्वजनिक गर्दै मौन बसेकी अहिले बिस्तारै सामाजिक सञ्जालमा फर्किन थालेकी छन् । यसैबिच उनले शुक्रबार फेसबुकमा एउटा तस्बिर सार्वजनिक गरेकी छन् । सार्वजनिक तस्बिरमा कुनै भाषाको अक्षर प्रिन्ट भएको जस्तो उनी कमलको फूलबिचमा देवी जस्तै बसेकी छन् ।

टाउकोमा कालो चस्मा अड्याएकी छन् । ट्याटु भएको हातमा रंगीचगी चुरा लगाएकी छन् । उनलाई झट्ट हेर्दा कुनै देवी अर्थात दुर्गा भवानीको अवतार जस्तो देखिएको छ, अझ कतिले त माता सरस्वतीसम्म भनेका छन् ।

यद्यपि, उनले तस्बिरका लागि ब्याकग्राउण्डका लागि छनोट गरेको गीत ‘दर्‍याम दर्‍याम’ छ, जुन उनको अवतारसँग मेल खाएको छ । तस्बिरमा प्रतिक्रिया दिनेहरूले तस्बिरमा देवीजस्तै शक्तिशाली देखिएता पनि गीत नसुहाएको बताएका छन् ।

उनको तस्बिरलाई धेरैले अनेक अर्थ लगाएका छन् । आफूलाई अनावश्यक आलोचना र प्रतिक्रियाले केहि फरक नपर्ने कुराको सङ्केत तस्बिरमार्फत दिएको हुनसक्ने आङ्कलन गरिएको छ ।

कहिले भने विवादकाबिचमा अभिनेत्री पन्तले यस्तो अनौठो पोस्ट किन गरिन् होला ? भनेर प्रश्न समेत उठाएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖