• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मौसम महाशाखाको २४ घण्टे चेतावनी


  • धनकुटा खबर
  • .

मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव छ।

जसका कारण यतिबेला (शुक्रबार साँझ) देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ।

अनि गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम महाशाखाले शुक्रबार साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ, ‘कोसी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका थोरै स्थानहमा हावाहुरीको समेत सम्भावना छ। यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖