• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भारतको ‘अपरेशन सिन्दुर’विरुद्ध पाकिस्तानले सुरु गर्यो ‘बुन्यान उल मरसूस’


  • धनकुटा खबर
  • .

पाकिस्तानले भारत विरुद्ध कारबाही सुरु गर्ने घोषणा गरेको छ। भारतविरुद्धको जवाफी कारवाहीलाई अपरेशन ‘बुन्यान उल मरसूस’ नाम दिइएको छ।

पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले उक्त घोषणा गरेको हो।

शनिबार बिहान पाकिस्तानी सेनाका प्रवक्ताले भारतले आफ्ना तीनवटा एयरबेसलाई निशाना बनाएको दाबी गरेका थिए। रावलपिंडीको बास नुर खान एयरबेस, चकवाल नजिकैको मुरिद र पूर्वी पञ्जाबको झाङ जिल्लाको रफिकी एयरबेस नजिकै विस्फोटको आवाज सुनिएको जनाइएको थियो।

यसअघि शुक्रबार राति पाकिस्तानले भारतका २६ शहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको थियो। पाकिस्तानले भारतीय वायुसेनाको अग्रगामी अड्डा र शहरहरूलाई निशाना बनाउने प्रयास गरेको र त्यसलाई भारतीय सेनाले सफलतापूर्वक विफल पारेको भारतीय सेनाले जनाएको थियो।

उक्त हमलापछि भारतीय वायुसेनाले जवाफी कारबाही गरेर रावलपिंडी सहित पाकिस्तानका महत्त्वपूर्ण वायुसेना स्टेशनहरूलाई निशाना बनाएको भारतीय सेनाको भनाइ छ।

शनिबार बिहान पाकिस्तानी सेनाका प्रवक्ताले भारतले पाकिस्तानका तीनवटा एयरबेसमा मिसाइल आक्रमण गरेको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖