• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

युक्रेनवाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तरकोरियाली सैनिकको ठुलो हात छः पुटिन


  • धनकुटा खबर
  • .

मस्को, २८ बैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्र  मुक्त गर्न मद्दत गर्ने उत्तर कोरियाली सैनिकहरूको व्यावसायिकता, साहस र वीरताको प्रशंशा गरेका छन् ।

 

‘उत्तर कोरियाली सैनिकहरू, हाम्रो सेनासँग मिलेर कुर्स्क क्षेत्रको सीमा क्षेत्रहरूलाई युक्रेनी संरचनाहरूबाट मुक्त गर्ने कार्यहरू व्यावसायिक रूपमा पूरा गरेका छन,  म यसलाई जोड दिन चाहन्छु कि उनीहरूले निकै लगनशीलताका साथ यो काम फत्ते गरेका छन,’ पुटिनले भने, ‘उनीहरूले साहस र वीरता देखाएका छन र म यसलाई फेरि जोड दिन चाहन्छु कि उनीहरूले उच्च स्तरको व्यावसायिकताको साथ, राम्रो सीप र प्रशिक्षण देखाएका छन ।’

 

रूसी समाचार एजेन्सी तासका अनुसार कुर्स्क क्षेत्रलाई स्वतन्त्र गराउने क्रममा उत्तर कोरियाली सैनिकहरूले साहस र वीरता देखाएको भुल्न नहुने पनि पुटिनले जोड गरेका छन् ।

उत्तर कोरियाली सैनिकहरूले व्यावसायिक र इमान्दारीपूर्वक कुर्स्क क्षेत्रका सीमा क्षेत्रहरूलाई युक्रेनी संरचनाहरूबाट मुक्त गर्ने कार्यहरू गरेको भन्दै मुक्तकण्ठले प्रशंशासमेत गरेको तासले उल्लेख गरेका छन् ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖