• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

नयाँ मोटरसाईकल किनेर घर नपुग्दै दुर्घटनामा परेर दाजु भाईको मृत्यु


  • धनकुटा खबर
  • .

चितवन– नवलपरासी नयाँ मोटरसाईकल किनेर घर फर्किँदै गरेका दाजुभाईको दुर्घटनामा परेर मृत्यु भएको छ।

लु १३ प ७०२ नं को मोटरसाइकल चढेर कावासोती–११, स्थित घर फर्किँदै गरेका २४ वर्षीय सागर दर्लामी र २१ वर्षीय ईश्वरी दर्लामीको मृत्यु भएको हो।

प्रहरीका अनुसार मोटरसाइकल किनेर घर फर्किदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन्। देवचुलीको मुण्डेबाट मोटरसाइकल किनेर केही बेर बजार घुमेपछि उनीहरु लोकाहामा रहेको घर फर्कंदै गर्दा थिए।

सडकमा गुडिरहेको मोटरसाइकल अनियन्त्रित भइ आफै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका नवपलपरासीका एसपी यादव ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएको थियो। अस्पताल पु¥याएको केही समयमै चिकित्सकले दुबैजनालाई मृत घोषणा गरेका थिए।

मृतकमध्ये सागर रोजगारीको लागि भारतमा थिए। उनी एकमहिना अघि मात्रै बिदामा आएका थिए। बिदामा आएका उनले स्थानीय एक होटलमा काम सुरु गरिसकेको थिए भने भाईका लागि भनेर त्यसैदिन बिहान मात्रै मोटरसाइकल किनिदिएका थिए।

स्थानीय जनप्रतिनिधिका अनुसार मृतक सागर र ईश्वरीका बुवाको १० बर्ष अघि नै मृत्यु भइसकेको थियो। उनीहरुलाई आमाले हुर्काउने र पढाउने गरेकी थिइन्।

आर्थिक अवस्था कमजोर भएको कारण गत वर्ष सामुदायिक वन उपभोक्ता समितिको पहलमा स्थानीयले सहयोग जुटाएर उनीहरुको दुईधुर जग्गामा घर बनाइदिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖