• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक


  • धनकुटा खबर
  • .

पोखरा । नेपाल विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मध्यरातमा मादक पदार्थ सेवन परीक्षण गरिएको छ ।

पटक पटक बिजुली गएपछि यहाँका कर्मचारीको मापसे चेक गरिएको हो ।

विजुली काटिएपछि स्थानीय र पर्यटन व्यवसायीले प्रहरीमा उजुरी गरेका थिए । स्थानीयकै आग्रहमा मापसे चेक गरिएको इलाका ट्राफिक कार्यालय डाँडाको नाकका इन्चार्ज बेदनाथ भण्डारीले जानकारी दिए ।

तर उनीहरुले मादक पदार्थ सेवन गरेको नभेटिएको उनले बताए । ‘नागरिकको निकै धेरै गुनासो आयो, हामीले चेक गर्यौं । तर मापसे गरेको भेटिएन,’ उनले भने, ‘नागरिकसँग राम्रो व्यवहार नगरेपछि मापसे गरेको शङ्का लागेर हामीलाई चेक गर्न आग्रह गरेपछि चेक गरेका हौँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖