• Monday 5th of October 2026

गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण


  • धनकुटा खबर
  • .

गायिका रचना रिमालको जहाज जर्मनीमा आकस्मिक अवतरण भयो। उनले फेसबुकमार्फत यसबारे जानकारी दिएकी छन्।

उनी क्यानडाबाट भारत हुँदै नेपाल फर्कदै गर्दा जहाज जर्मनीमा ‘इमर्जेन्सी’ ल्यान्ड भएको हो।

यस घटनाले यात्रुहरुको सुरक्षालाई लिएर चासो बढाएको छ।
काठमाडौं । गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण भएको छ । उनले फेसबुकमार्फत यसबारे जानकारी दिएकी छन् ।

क्यानडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी उनी चढेको जहाज जर्मनीमा ‘इमर्जेन्सी’ ल्यान्ड भएको हो ।

उनी क्यानडामा साङ्गीतिक कार्यक्रम सकेर मंगलबार भारत हुँदै नेपाल फर्कने क्रममा थिइन् । क्यानडाबाट उडेकी उनी जर्मनी पुगेकी हुन् ।

’क्यानडाबाट भारत ल्यान्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमरजेनसी ल्यान्ड भएको छ,’ रचनाले फेसबूकमा लेखेकी छन्।

केही बेरमा पुनः भारत हुँदै नेपाल फर्कने तयारीमा रहेको उनले उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖