• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

१२ बर्ष जेठा भूपू लाउरेसँगको विवाहेत्तर सम्बन्धले गेस्टहाउसमा गयो विमलाको ज्यान !


  • धनकुटा खबर
  • .

काठमाडौं । आफूभन्दा १२ बर्ष जेठा भूपू लाउरेसँगको विवाहेत्तर सम्बन्धले गेस्टहाउसमा विमलाको प्राण पखेर उडाइयो । काठमाडौंको बागबजारस्थित गेष्ट हाउसमा सम्बन्ध राखेपछि हत्या गरेर भारतीय भूपू लाउरे फरार हुन्छन् ।

प्रहरीका अनुसार गत चैत २९ गते नुवाकोट सूर्यकोटगढी नगरपालिका–१ घर भई तारकेश्वर बस्दै आएकी २८ वर्षीया विमला तामाङलाई लिएर धादिङ, गल्छी गाउँपालिका घर भई तारकेश्वर बस्दै आएका ४० वर्षीय रामचन्द्र पन्त बागबजारको गेष्ट हाउस पुग्छन् ।

उनीहरु रात त्यही विताउने योजनामा पुगेका हुन्छन् । तर राति विमलालाई पन्त भारत हानिन्छन् । उनी नेपाल फर्किदैछन् भन्ने सूचना पाएपछि मंगलबार प्रहरीले उनलाई छोपेरै पक्राउ गरेको छ । रामचन्द्र भारतीय भूपू सैनिक रहेको बताइएको छ ।

घटनापछि रामचन्द्र भारतमा लुकिछीपी बसेकोमा नेपाल फर्कँदै गरेको सूचनाको आधारमा काठमाडौं छिर्दै गर्दा नागढुंगाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले पुष्टि गरेका छन् ।

दुवैजना विवाहित रहेको साथै उनीहरूबीच विवाहेत्तर सम्बन्ध रहेको प्रहरी स्रोतले बतायो । सम्बन्धमा दरार आउन थालेपछि आफूले हत्या गरेर भागेको पन्तले प्रारम्भिक बयानमा स्वीकार गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖