• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पोखरामा बस दुर्घटना,३० जना घाइते(नामावली सहित)


  • धनकुटा खबर
  • .

काठमाडौं । बुधबार दिउँसो पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै भएको बस दुर्घटनामा घाइते भएका २८ जना भारतीय नागरिक रहेको खुलेको छ ।

प्रहरीका अनुसार उक्त बसमा ३० जना सवार थिए । जसमध्ये चालक र सहचालक बाहेक सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

२ जनाबाहेक अरूको अवस्था सामान्य रहेको मेडिकल कलेजमै पुगेका कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

भारत छत्तिसगढबाट ४९ जना मंगलबार राति पोखरा भ्रमणका लागि आइपुगेका थिए ।

उनीहरू बुधबार बिहान २ वटा बस रिजर्भ गरी पोखरा–२२ पुम्दीभुम्दीस्थित विशाल महादेवको मूर्ती दर्शन गर्न पुगेको र फर्किने क्रममा दुर्घटनामा परेको बसमा सवार प्रदीप बर्णवालले जानकारी दिए ।

यी हुन् बस दुर्घटनाका घाइतेहरू :
१) पोखरा महानगरपालिका–११ का २७ वर्षीय दिनेश क्षेत्री (चालक)
२) पोखरा महानगरपालिका–१ का ३० वर्षीय कृष्ण सुवेदी (सहचालक)
३) भारत छत्तिसगढका ५३ वर्षीय त्रिलोकीनाथ वरनवाल
४) भारत छत्तिसगढका ६७ वर्षीय दिलिप कुमार साहु
५) भारत छत्तिसगढका ६१ वर्षीय कोमल राय साहु
६) भारत छत्तिसगढका ७० वर्षीया जयन्ती वार्ड दिबागन
७) भारत छत्तिसगढका ६५ वर्षीय बिष्णु यादव
८) भारत छत्तिसगढका ६५ वर्षीया रेखा साहु
९) भारत छत्तिसगढका १२ वर्षीय चिराक साहु
१०) भारत छत्तिसगढका ६० वर्षीय निर्मला चावके
११) भारत छत्तिसगढका ७० वर्षीय रमेश चावके
१२) भारत छत्तिसगढका ३६ वर्षीय रितेश गुप्ता
१३) भारत छत्तिसगढका ५९ वर्षीय शिव प्रसाद
१४) भारत छत्तिसगढका ५७ वर्षीय रमेश नाथ
१५) भारत छत्तिसगढका ४८ वर्षीय प्रदिप वरनवाल
१६) भारत छत्तिसगढका ४२ वर्षीय संगिता वरनवाल
१७) भारत छत्तिसगढका ४५ वर्षीय किरण वरनवाल
१८) भारत छत्तिसगढका ११ वर्षीय भवे साहु
१९) भारत छत्तिसगढका ७८ वर्षीय चाम्रुराम साहु
२०) भारत छत्तिसगढका ४३ वर्षीय टिकाराम साहु
२१) भारत छत्तिसगढका ६१ वर्षीय सिहु चरण साहु
२२) भारत छत्तिसगढका ७० वर्षीय आईएस नाथ
२३) भारत छत्तिसगढका ४५ वर्षीया दिपकला मिश्रा
२४) भारत छत्तिसगढका ३८ वर्षीया अनिता शर्मा
२५) भारत छत्तिसगढका ५० वर्षीया कामिनी साहु
२६) भारत छत्तिसगढका ६७ वर्षीय थागुराम साहु
२७) भारत छत्तिसगढका ७३ वर्षीय राम दुलाहा देवागन
२८) भारत छत्तिसगढका ८२ वर्षीय मायाराम साहु
२९) भारत छत्तिसगढका ७० वर्षीया सुमिती साहु
३०) भारत छत्तीसगढका १३ वर्षीय मुकुन कुमार साहु

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖