• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

३ जना मृतावस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौँसहित रुपन्देही र धनुषामा तीन जना मृतावस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-९ पिङ्गलास्थान नजिकै सडक किनारामा अन्दाजी ३० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ प्रभातपथ बस्ने ८० वर्षीया सकुन्तला लम्साल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

धनुषाको बटेश्वर गाउँपालिका-४ पुजारी टोल घर भई सोही गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी ५५ वर्षीय कुशेशर पासवान पनि सोही कार्यालयमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖